राजनीति

वामदेव एक साताभित्र एकीकृत समाजवादीमा जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।

विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि बढेको एकता अभियानका नेता डीबी कार्कीले बताए । दुवै पार्टीका तर्फबाट दुई-दुई सदस्यीय कार्यदल बन्ने र उक्त कार्यदलले एकताको सम्पूर्ण खाका तयार पार्ने कार्कीले बताए ।

बिज्ञापन

तर, शुक्रबार दुवैले कार्यदलमा रहने व्यक्ति तोकेनन् । कार्कीका अनुसार बुधबारभित्र कार्यदल बनिसक्ने र अर्को साताभर एकता कार्य टुंगोमा पुग्ने छ ।

‘वामदेव कमरेड जनताको बहुदलीय जनवाद छोड्ने पक्षमा हुनुहुन्न, माधव कमरेडले त्यसलाई अस्वीकार नगरेको भन्नुभएको छ’, कार्कीले भने ।

एकीकृत समाजवादीले अगाडि सारेको २१ औं शताब्दीको समाजवादी कार्यक्रमभित्रै जनताको बहुदलीय जनवादलाई समेट्नुपर्ने गौतमको अडान छ । बिहीवारको वार्तामा गौतमले नेपाललाई पहिला पेश भएको २१ औं शताब्दीको समाजवादी कार्यक्रम त्रुटीपूर्ण रहेको भनेका थिए । नेपालले त्यो सच्याएको भनेपछि मतैक्यता भएको वार्ताका सहभागी कार्कीले भने ।

वार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेता प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बास्कोटा सहभागी थिए । वामदेवका तर्फबाट गौतम र कार्की थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।