सन्त निरंकारी सेवादल टीकापुरद्वारा बाल संगत फुटवलको आयोजना

टीकापुर, २० पौष । सन्त निरंकारी सेवादल टीकापुर (यूनिट नं. २५४) द्वारा बाल संगत फुटवलको आयोजना गरिएको थियो ।

क्रिसमस दिवसको उपलक्ष्यमा सन्त निरंकारी सत्संग भवन टीकापुरको प्राङ्गणमा आयोजना गरिएको फुटबल प्रतियोगितामा टीकापुर कै बाल संगतका स–साना बाल सन्तहरुले भाग लिएका थिए ।


केटातर्फ दुई समूह रहेका थिए भने केटीतर्फ पनि दुुई समूह रहेका थिए । पुरुषतर्फ समूह ‘क’ मा चेतन साउँद, शिशिर ठकुल्ला, ग्रिस कडायत, सार्थक भुल, अविनाश वि.क., सन्तुष्ट रावल, रिषव बुढा, निर्प रावल र आलोक वि.क. रहेका थिए भने समूह ‘ख’ मा आरोन रावल, नैतिक नेपाली, हिमाल भण्डारी, महेश भण्डारी, कृष्ण विष्ट, अक्षय ओड र रोशन थापा रहेका थिए ।

दुईटै समूहमा भएको रोमाञ्चकारी खेलमा समूह ‘ख’ ले समूह ‘क’ लाई ४ गोल हानेर विजय भएको थियो भने समूह ‘क’ ले जम्मा २ गोल हानेर आफ्नो हार स्वीकार गरेको थियो ।
खेलाई सुचारु र अनुशासित संचालन गर्नको लागि एम्पाएरको भूमिका निराजन बोहराले निभाएका थिए भने आनन्द धामी र दर्शन थापाले लाईन्स मेनको भूमिका निभाएका थिए । खेलमा मेन अफ द म्याच रिषव बुढा भएका थिए भने हिमाल भण्डारी वस्ट डिफेन्सर, आरोन रावल वेस्ट किपरको पुस्कार जित्न सफल भएका थिए ।

त्यस्तै केटीतर्फको फुटबल खेलमा समूह ‘क’ खेलमा खेमा कडायत, उन्नती साउँद, मनाली टमट्टा, रेजीना भण्डारी, प्रतिमा भण्डारी, अनुजा वि.क., तृप्ती भण्डारी, सृष्टि भुल र मन्जुसा ओड रहेका थिए भने समूह ‘ख’ मा सुमन वि.क., जेनिसा ताम्राकार, पूर्णिमा ठकुल्ला, सुस्मिता कडायत, अनिशा बि.क., तृष्णा भण्डारी, डिम्पल बि.क., सिमरण सोडारी र समिक्षा थापा रहेका थिए । समूह ‘क’ र समूह ‘ख’ बीच भएको निकै रोकाञ्चकारी खेलमा समूह ‘ख’ ले २ गोल हानेको थियो भने समूह ‘क’ ले कुनै गोल गर्न सकेको थिएन ।
खेललाई नियमित र अनुशासित संचालन गर्नको लागि एम्पाएरको भूमिका रेशम भण्डारी गरेका थिए भने लाईन्स मेनमा प्रसान्त रावल र हिमाल वि.क. ले निभाएका थिए ।े
ेसिमरन सोडारीलाई मेन अफ द म्याच घोषित गरिएको थियो भने अनुजा वि.क.लाई वस्ट डिफेन्सर र सृष्टि भुललाई वेस्ट किपरको पुस्कार जित्न सफल भएका थिए ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, क्षेत्रिय संचालक नर बहादुर बटाला, सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, सेवादल संचालक बल बहादुर सार्की, विद्यालयका सल्लाहकार बल बहादुर रावल, विद्यालयका सल्लाहकार मिन बहादुर वि.क., हर्क बहादुर रावल लगाएका सन्तहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई संचालन गर्नको लागि आर्शन नेटवर्कका राजेश टमट्टा, लक्ष्मी भूषणका प्रोपाईटर प्रकाश भण्डारी, सरिता रावल र महादेव भण्डारीले विशेष सहयोग गरेका थिए भने कायक्रमको संचालन सेवादल जवान प्रकाशमान ठकुल्लाले गरेका थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.