सन्त निरंकारी सत्संग भवन लम्की–मोतीपुरमा सत्संग सम्पन्न

लम्की–मोतीपुर, २० पौष । सन्त निरंकारी सत्संग भवन लम्की–मोतीपुरमा सत्संग सम्पन्न भएको छ ।

विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा हो । यहाँ कसैको धर्मलाई परिवर्तन गरिदैन, केवल भावना परिवर्तन गरिन्छ । त्यस्तै नर सेवा नै नारायण पूजा हो । संहार होइन, श्रृंगार गरौं । अपकार होइन, उपकार गरौं । धर्मले जोड्छ, तोड्दैन । जस्तो दृष्टि, त्यस्तै सृष्टि । निरंकारको लिऊ आधार, जीवन होस गुरुमत अनुसार । उक्त सबै पवित्र बाणीलाई जब हामीले आत्मसाथ गर्छौ भने मात्र एक सच्चा सन्त बन्न सक्छौ । त्यस्तै साधु बन्न त सजिलो छ तर दास बन्न कठिन छ । यदि दास बन्न सक्यौं भने हड्डी रहन्छ न त मासु । यस्तो किसिमको अवस्था जबसम्म हामीमा आउँदैन, तबसम्म हामी गुरुको बन्न सक्दैनौ । किनभने हामी स–साना कुराहरुमा अल्झिएका हुन्छौ र हाम्रो ध्यान यस परमात्मा प्रति नभएर संसार रुपी मायामा अल्झिएको हुन्छ । त्यसैले सत्गुरुले हामीलाई बारबार जागृति गरिरहनु भएको छ । सेवा, सत्संग, सुमिरण मानव जीवनका श्रृंगार हुन । बाबा जी र हाल सत्गुरु माता जीले हामीलाई बारबार जागृत गरिराख्नु भएको छ कि हर स्वाँस सेवा, सत्संग, सुमिरण गर । यदि तीन कर्म हाम्रो जीवनमा छैन भने हाम्रो जीवनमा भक्ति आउन सक्दैन र यो बिना भक्ति अधुँरो हुन जान्छ । सेवा, सत्संग, सुमिरणले नै मनलाई एक स्थाईत्व प्रदान गरेर यस निराकार परमात्मासंग जोड्ने गर्दछ । तीनै कर्ममा यदि कुनै एकको कमि भयोभने जीवन भक्ति पूर्ण हुन सक्दैन, उहाँले बताउनु भयो ।


महाराष्ट्रलाई आफ्नो कर्म थालो बनाएका पूरातन नेपाली सन्त–महात्माहरुलाई स्मरण गर्दै भन्नुभयो कि बाबा अवतार सिंह जी महाराज र बाबा गुरबचन सिंह जी महाराजको अपार कृपाबाट ती नेपाली महात्माहरुले मिशनको ज्योतिलाई नेपालसम्म फैलाउन सफल भए । बि.सं. २०२० सालमा सुदूरपश्चिमको अछाम जिल्लाको गोइलापानीमा प्रवासमा काम गरिरहेका महात्माहरुले आफूले पाएको ज्ञानबाट सत्संगको आरम्भ गरे । आज यसको विस्तार नेपालभरि रहेको छ । आरम्भमा यसको प्रचार–प्रसार गर्दा निकै दुःख–कष्ट झेल्नु परेको उहाँले बताउनु भयो ।

बाबा बुटा सिंह जीले सेतो हारपट्टा दिदा यसले दुबैतिरबाट काट्ने गर्दछ, यदि हामीले यस हारपट्टाको गलत दुरुपयोग गर्छौ भनेर सम्झाउने गर्नु हुन्थ्यो । आज सत्गुरुको त्यस बचनको पालन गर्दा सन्त निरंकारी मिशन संसारमा फैलिन सक्यो र लाखौ यसका अनुयायी सन्तहरु हुन सके, उहाँले प्रष्ट पार्नु भयो ।

उहाले भन्नुभयो कि यदि हामी कुनै दुःख–चिन्तामा छौ भने त्यति बेला सुमिरण गर्नु पर्दछ । सुमिरणबाट सबै दुःख–कष्ट दूर हुन सक्छ । सुमिरणमा धेरै ठुलो शक्ति रहेको छ, उहाँले सम्झाउनु भयो ।

जसले सधैं परमात्माको सुमिरण गर्दछ, परमात्माको ध्यान गर्छ त्यसको भक्ति कायम हुन्छ । हामी अनेकौं काम, क्रोेध, लोभ, मोह, अहंकार आदि जस्ता विकार तत्वमा लिप्त रहेका हुन्छौं । हामीलाई भक्ति गर्ने समय नै प्राप्त भइरहेको हुँदैन । यस्तो अवस्थामा सेवा, सत्संग, सुमिरणबाट मनलाई एकत्रित गरेर यस माया जालबाट मुक्त हुन सकिन्छ र मुक्तिको हकदार बन्न सकिन्छ । जस्तो सुकै परिस्थिति भएपनि हाम्रो मनस्थिति भने एक जस्तै रहनु पर्दछ । मनलाई डोलायमान गर्नु हुँदैन । सधैं यस निराकार परमात्मामा मनलाई जोडि राख्नु पर्दछ । श्रद्धावान भएर सधैं यो ज्ञानको लाभ लिएर यो लोक सुखी, परलोक सुहेला गर्न सकिन्छं, उहाँले भन्नुभयो ।

योजन एवं साथीले हरदेव बाणी गायनबाट आरम्भ गरिएको सत्संग कार्यक्रममा पार्वती, भक्त, जमुना, सर्पा, स्वास्थ्य कर्मी हिरा सिंह, लक्ष्मी, बल बहादुर रावल, गणेश, ज्ञान प्रचारक नवल सिंह बोहरा, हिमानी, भवनका मुखी देवराज रेग्मी, गायक तेज बोहरा, भद्रा रेग्मी, लेखा शर्मा, गणेश, लाल बहादुर, कृष्ण रेग्मी, शोभा बम, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, गायक धनञ्जय, चिरञ्जीवी र समाजसेवी हेम रावलले आ–आफ्नो भाव प्रकट गरेका थिए भने सत्संगको संचालन राजन रेग्मीले गरेका थिए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.