घटना

डोटीमा एक महिलाको शंकास्पद मृत्य, श्रीमान पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी।  डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि ती महिलाका श्रीमान पक्राउ परेका छन । सायल गाउँपालिका – ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी)  भिमलाल भट्टराईले महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटना बारे प्रहरीलाई जानकारी गराएका थिए । मृतकका काका नाता पर्ने केआईसिंह गाउँपालिका – ४ बस्ने लाले नेपालीले प्रहरी चौकी वायलमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको हो । शंकास्पद मृत्युको आशंका पछि शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।