टीकापुर

टीकापुरमा ईन्डिकेटर भित्र ७ ग्राम लागू औषध बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कैलालीको टीकापुरमा मोटरसाइकलको ईन्डिकेटर भित्र लुकाई राखेको अवस्थामा ठुलो परिणाममा लागू औषध खैरो हेरोइन बरामद गरिएको छ । शनिवार टीकापुर नगरपालिका – ९ बालुवाटार स्थित सडक खण्डबाट जानकी गाउँपालिका – ९ पूर्व खैरीफाँटाका २० वर्षीय नीरज जैसीले चलाएको से ६ प ९०६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल पछाडिको दुवै साइडको ईन्डिकेटर भित्र लुकाई राखेको अवस्थामा लागू औषध बरामद गरिएको हो । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार ईन्डिकेटर भित्र ७ ग्राम २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । प्रहरीले शुक्रवार कैलालीमा सञ्चालन गरेको कर्डन एन्ड स्विप अप्रेसन अन्तरगत ३ मोटरसाइकल भित्र लुकाइएको लागू औषध सहित ५ जना पक्राउ परेका थिए । पछिल्लो समय लागू औषध प्रयोगकर्ता मोटरसाइकल भित्र लुकाउने क्रम बढ्दै गएपछि प्रहरीले विशेष निगरानी राख्ने गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन