चर्चित गायिका इब्सल र मेलिनाले नचाए टीकापुरलाई

टीकापुर, २७ पौष । चर्चित गायिका इब्सल र मेलिनाले टीकापुर वासीलाई ह्दय खोलेर नचाएका छन् ।

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा संचालन भइरहेको महोत्सवमा आज चर्चित गायिका ईब्सल सञ्ज्यालले दर्शकहरुलाई आफ्नो मिठो स्वरबाट विभिन्न गीतहरु प्रस्तुत गरेकी छन्, जसको मजा लिदै हेर्न आएका दर्शकहरु धुलो उडाई–उडाई नाचेका छन् । उनको डेउडा गीतलाई मन पराएर बुढा–बुढीहरु पनि नाचि रहेका देखिन्थे । उनले आफ्ना चर्चित लोक दोहोरी तथा डेउडा गीत प्रस्तुत गरेकी थिइन ।


त्यस्र्तै चर्चित गायिका मेलिना राईले पनि आफ्नो लोकप्रिय गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन गराउनुको साथै नचाउन सफल भएकी छन् । युवा गायक नविन पौडेल पनि आफ्नो रमाईलो प्रस्तुति दिएका छन् ।

भोलि चर्चित गायक प्रमोद खरेल टीकापुर आउने र आफ्नो रमाईलो प्रस्तुति दिने कुरा आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमको संचालन गायक कोष खड्काले गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.