भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

बैतडी, फागुन ८ गते। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवलदार खडायत बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला बारिल भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल लगिएपनी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।
मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
