अवर्गीकृत

१९ औँ शताब्दीमा लोप भएको चरा चितवनमा भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वराहक्षेत्र, फागुन २० गते । नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो । 

नेपाल बाट लोप भएको सूचीमा राखिएको झाडीफिस्टो चरा भेटिएसँगै लोप भएको सूचिबाट हटाइएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनु भयो । उहाँका अनुसार खैरो झाडीफिस्टो चरा नेपाल बाटै लोप भएको आशङ्का गरिएको थियो ।

बिज्ञापन

 चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गर्नु भएको छ । चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर ९ मिनेटमा खैरो झाडीफिस्टो चराको अभिलेख गर्नु भएको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताउनु भयो । उहाँका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएको छ । 

चराविद् गुरुङले अवलोकनको क्रममा नौलो लागेपछि उहाँले चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गर्नुभएको थियो । नौलो देखिएको चराको यकिन पुष्टयाँईका लागि गुरुङले नेपाल वर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाउनु भएको थियो । प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूको राय सुझाव प्राप्त भएपछि मात्रै खैरो झाडीफिस्टो चरा भेटिएको पुष्टि भएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।  

पाससेरफरमर वर्गको लोसुचुडे परिवारमा पर्ने यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्यान्डमा आवासीय रूपमा पाइने डाक्टर सुवेदीले बताउनु भयो । नेपालमा १९ औ शताब्दीको अभिलेख बाहेक अहिलेसम्म यस चराको अभिलेख नरहेकाले यस चरालाई नेपालबाट लोप भएको सूचिमा राखिएको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।