पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

२० पाल्पा, फागुन । पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्याएकी थिइन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

