सुदूरपश्चिमका थोरै ठाउँमा वर्षा, केही स्थानमा हिउँ पर्ने सम्भावना
लोक कल्याणकारी विज्ञापन

२० फागुन, काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
आज पश्चिम नेपालमा आंशिकदेखि साधारणतया बदली भएको छ । कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बिज्ञापन

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि केही दिन वर्षा भएर २ दिन मौसम खुलेको थियो । आज पुन: सामान्य बदली भएको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
