खेलकुद

पीएम कप : सन्दीपलाई बाहिर राख्दै बागमतीको टोली घोषणा, पृथुले कप्तानी गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बागमती प्रदेशले लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । बागमती क्रिकेट संघले बिहीवार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कप्तान सन्दीप लामिछानेलाई बाहिर राख्दै बागमतीले टोलीको घोषणा गरेको हो । प्रधानमन्त्री कप लुम्बिनीका तीन मुख्य मैदानमा फागुन २५ देखि चैत १६ गतेसम्म हुनेछ । रुपन्देहीको दुई र दाङमा पिएम कपमा खेल हुनेछन् ।

बिज्ञापन

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय गरि १० टोलीको सहभागिता छ । सबै टोलीले एकअर्कासँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

बागमतीको टोली

पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।