घटना

ताप्लेजुङमा नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताप्लेजुङ। ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

बिज्ञापन

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।