राष्ट्रिय समाचार

जबर्जस्ती रङ दल्नेलाई कारबाही हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, फागुन २७ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबर्जस्ती रङ दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएकोछ । 

सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरित काम भए गरिएको पाइएमा प्रहरीले कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ । 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीको नाममा कसैमाथि पनि जबर्जस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुनअनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमित रूपमा मनाउन आग्रह गरिएको छ । 

होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल काम नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ । 

कसैमाथि इच्छा विपरित रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । 

सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले एक भिडियो सन्देश जारी गर्दै होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सदभाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गर्नुभएको छ । 

उहाँले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई कारबाही गर्न मातहतलाई निर्देशन दिएको बताउनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।