राजनीति

कञ्चनपुरमा क्रान्तिकारीका नेताबीच कुटाकुट, प्रदेश इन्चार्ज भट्टकाे टाउकाेमा ७ टाँका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कञ्चनपुरमा माओवादी केन्द्रका विद्यार्थी नेताहरुबीच कुटाकुट भएको छ । सुदूरपश्चिम विश्व विद्यालयको स्ववियु निर्वाचनका विषयमा भइरहेको छलफलमा विवाद भएको र भुवन विष्टले र रामचन्द्र भट्टलाई ढुङ्गा प्रहार गरेको माओवादी नेताहरूले बताएका छन् । अखिल क्रान्तिकारी निर्वाचनमा दुवै उपमहासचिव पदमा लडेका थिए । भट्ट निर्वाचित हुँदा विष्ट पराजित भए ।

उपमहासचिवमा निर्वाचित भएपछि भट्टले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि पाए। विगतका दुवै पार्टी भित्र पनि एउटै टिममा रहेको तर, अखिल क्रान्तिकारीको निर्वाचन पछि मनमुटाब भएको माओवादी नेताहरू बताउँछन् । आइतबारको घटना पनि त्यही विषयले निम्त्याएको हुनसक्ने उनीहरूको बुझाइ छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले कुटाकुटमा भुवन विष्ट र रामचन्द्र भट्ट दुवै घाइते भएको बताए ।

विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भट्टको टाउकोमा सात वटा टाँका लागेका छन्। भट्टलाई ढुङ्गाले हानेको भन्दै विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच माओवादी केन्द्र कञ्चनपुर जिल्लाले एक विज्ञप्ति जारी गर्दै बिस्टलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । इन्चार्ज टेकप्रसाद भट्ट र संयोजक खेमराज पाण्डेयले संयुक्त विज्ञप्ति जारी गर्दै विगत देखिनै अनुशासनहीन काम गरेको र आइतबार आफ्नै सङ्गठनको नेतालाई आक्रमण गरेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको जनाइएको छ।

विज्ञप्तिमा विष्टलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग पनि गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।