धनगढी विमानस्थलमा कुटाकुट
लोक कल्याणकारी विज्ञापन

धनगढी,११ साउन । कैलालीको धनगढी विमानस्थलमा कुटाकुट भएको छ । विमानस्थल प्रहरीले दिएको जानकारीअनुसार सवारीको पार्किङ शुल्कका विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।
कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा प्रहरीको बाक्लो उपस्थिति रहेकै अवस्थामा एक युवकमाथि तीनचार जना युवकले कुटपिट गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पार्किङ शुल्कको विषयमा सामान्य विवाद मात्रै भएको बताए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
