प्रधानमन्त्री ओली कैलाली आउँदै, हाईड्रोपावरको उद्वघाटन गर्ने
लोक कल्याणकारी विज्ञापन

टीकापुर, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन् । साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए । सरकारी कार्यक्रम अनुसार ओली कैलाली आउन लागेको बताइएको छ ।
साउन १३ गते कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
