राजनीति

भिजिट भिसा काण्ड र मानव बेचबिखनविरुद्ध संसद् र सडकमा सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा भइरहेका भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ। बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा चालू संसदीय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुवैबाट सशक्त रूपमा उठाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
 
‘हामी संसदमा जनताको आवाज बुलन्द गर्न सफल भयौँ। राज्यका नीति र कार्यशैलीका कारण जनताले भोगेका पीडाहरूलाई उजागर गर्दै भ्रष्टाचारका अन्य केसहरू पनि उठाएका छौँ,’ परियारले थपे, ‘हाम्रो आन्दोलनले जनतामा रास्वपा आफूसँगै छ भन्ने भावना स्थापित गरेको छ। सत्तारूढ दलहरूका साथ सम्झौता नगरेको हाम्रो अडानलाई जनताले समर्थन गरेका छन्। हामी संवादको ढोका खुला राख्दै आन्दोलनको बाटो पनि अगाडि बढाउँदैछौँ।’

बिज्ञापन

रास्वपाले संसद्को सीमित संख्याबाट हैरान नभई, जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ। ‘संख्या होइन, जनताको पक्षमा दृढ अडान लिने सोच हामीसँग छ। कांग्रेस, एमाले र माओवादीसमेत जनताको पक्षमा सहमत हुने आशा गरेका छौँ,’ परियारले भने।

उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधविरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।