ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

धनगढी।नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् । उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो, भट्टले भने,ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई पढ्दैछु ।
उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म। त्यसैले उहाँकाे दृष्टि र कदम बुझ्न समय लाग्छ।

भट्टको यो भनाइ ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै आएको हो, जुन एमालेभित्रको नेतृत्वमा निरन्तरता र विचारमा एकरूपताको सन्देश दिन खोजिएको बुझिन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
