विष्णु माझीका गीतमा मात्रै देखिने गुल्मीकी ललिता पौडेल,जो गुमनाम जीवन बाँचिरहेकी छिन्

काठमाडौँ । गुमनाम जीवन बाँचिरहेकी तर सधैँ चर्चामा रहने गायिका हुन विष्णु माझी । उनको खोजी सर्वत्र रुपमा हुन्छ तर उनी भने गुमनाम छिन । नेपाली गीत संगितको परिचय बनेकी विष्णु अहिलेको समयमा निकै बलियो ब्राण्ड बनेकी छिन । महिलाहरुको महान पर्व हरितालिका तीजमा उनका गीत नआउँने हो भने तीज नै खल्लो लाग्ने निश्चित छ । उनका तीजगीतले महिलाहरुको पीडा,वेदना र माइतीको अभावलाई सशक्त ढङ्गले प्रस्तुत गर्छ । उनका गीतमा धेरै महिलाहरुले आफनो पीडा देख्ने गरेको बताउँछन । माझीका गीतहरुलाई निकै मिठासपूर्ण बनाउँन उनका पति तथा सर्जक सुन्दरमणि अधिकारीले भूमिका खेल्छन ।
अधिकारीका गहकिला शब्द विष्णुको मधुरु स्वरले हरेक श्रोताको मनमा गहिरो छाप छाड्ने गरेको छ । उनका गीतहरु कहिले बजारमा आउँलान र सुन्न पाइन्छ भनेर श्रोताहरु पर्खिएर बस्ने गर्छन । विष्णु माझीको सुमधुर स्वर र सुन्दरमणि अधिकारीको सिर्जना सहितको भिडियोलाई आकर्षक बनाउँने गर्छिन मोडल ललिता पौडेलले । उनै गुल्मीकी चेली ललिताको पनि खोजी हुने गरेको छ तर उनी पनि विष्णु माझी जस्तै गुपचुप बस्ने गरेकी छिन । पौडेलले आफ्नो मौलिक अभिनयले दर्शकको मन जित्ने गरेकी छिन ।

पौडेल माझीका गीतमा बाहेक अन्य गीतमा देख्न पाइँदैन । उनी मिडिया र सामाजिक सञ्जाल बाट टाढा रहेकी छिन । उनलाई दर्शकले देख्ने भनेको माझीका गीतमा मात्रै हो । विष्णु माझीको गीत बाहेक ललिता कतै देखिँदिनन्, न पर्दामा, न प्रचारमा । केहीँ बर्षबाट उनको खोजी भैरहन्छ तर उनलाई देख्न पाइँदैन । ललिता पौडेल आज विष्णु माझीका गीतसँगै परिचित हुने एक मात्र मोडलको रूपमा ब्राण्ड बनिसकेकी छिन् । उनको अभिनयले पनि निकै चर्चा पाउँने गरेको छ ।
मिडियाबाजी र कतै प्रचारप्रचार नगरेपनि आफ्नो कला मात्रको बलमा शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण गुल्मेली चेली ललिता स्वयं हुन् । सानैबाट गाउने र नाच्ने कलामा पोख्त पौडेलले विद्यालयमा हुने प्रतियोगितामा पनि सहभागी भएर पुस्कार जित्ने गरेको बताइन्छ । उनी गायनमा पनि अब्बल रहेको उनी नजिकका व्यक्तिहरुले बताउँने गर्छन । विष्णु माझीको स्वर र उनको अभिनयका गीतलाई दर्शकले पनि उत्तिकै मन पराउँछन्। धेरैजसो गीतले यूट्यूबमा करोड ‘भ्यूज’ पाएका छन् । पछिल्लो समयमा गुल्मीले चेली ललिता पौडेल ‘गुल्मीको गौरव’को रूपमा चम्किरहेकी छिन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
