राष्ट्रिय समाचार

प्रहरीको ढोकामा उभिएर किरणकी आमाले सरकारलाई सोधिन्–पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वीरगन्जमा हैजा र झाडापखाला फैलिएपछि खानेपानीमन्त्री प्रदीप यादवलाई फोन गरेर प्रश्न गरेकी किरण साहलाई पक्राउ गरिएपछि उनकी आमा सावित्री साह सोमबार पर्सा जिल्ला प्रहरी कार्यालयअगाडि पुगेर सरकारलाई प्रश्न गरेकी छिन्– पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?

छोरीको रिहाइका लागि दबाब दिन प्लेकार्ड बोकेर प्रहरीको ढोकाअगाडि पुगेकी उनलाई जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघ/संगठनका प्रतिनिधिले पनि साथ दिएका थिए ।

बिज्ञापन

‘मन्त्री (प्रदीप यादव)ले पद र पावरको आडमा मेरी छोरीलाई पक्राउ गर्न लगाएको हो, पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?’ सावित्रीले चेतावनी दिइन्, ‘किरणले सबै नागरिकको आवाज मन्त्रीसँग उठाएकी हुन् । तत्काल प्रहरीले रिहा नगरे अझ धेरै महिलाको उपस्थितिमा प्रदर्शन हुन्छ । सरकारले त्यो अवस्थामा नपुर्‍याओस् ।’

आफूहरू बिरामी भएर अस्पतालमा भर्ना भएका वेला कुरुवा बसेकी छोरीलाई पक्राउ गरिएको भन्दै सावित्रीले कान्छी छोरी अझै अस्पतालमै रहेको बताइन् । तर, यस्तो संवेदनशील विषयमा पनि नेताहरूले नै अफवाह फैलाएको उनको गुनासो छ ।

‘अहिले पनि कान्छी छोरी सम्झा अस्पतालमै छिन् । तर, नेताहरूले अस्पतालमा कोही भर्ना नरहेको भन्दै अफवाह फैलाएका छन्,’ उनले भनिन्, ‘म आइतबार मात्रै डिस्चार्ज भए पनि स्वास्थ्य अवस्था सहज छैन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।