टीकापुर उद्योग वाणिज्य संघको पदाधिकारीको मत गणना सम्पन्न भएको छ।

टीकापुर उद्योग वाणिज्य संघको पदाधिकारी हरुको मतगणना सम्पन्न भएको छ प्राप्त नतिजा अनुसार अध्यक्षमा सन्तोष खड्का ६२७ मत ल्याइ विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण बजगाइ ले ५२३ मत प्राप्त गर्नुभएको छ।
त्यसै गरि उपाध्यक्षमा दिपेन्द्र रावल ५४० मत ल्याइ विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र कुवरले ५२३ मत प्राप्त गर्नु भएको छ।

त्यसैगरी वाणिाज्य तरफका उपाध्यक्षमा अर्जुन भट्टराई ५४५ मत ल्याइ विजय हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी लोकेश साउदले ५३६ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी महासचिवमा प्रकाश तिमिल्सिना ५६१ मत ल्याइ विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी पृथ्वी ढुंगानाले ५५१ मत प्राप्त गर्नुभएको छ।
सचिवमा प्रकाश शाहलेब ५५४मत प्राप्त गरि विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी हिक्मत रावलले ५१५ मत प्राप्त गर्नु भएको छ।
त्यसैगरी कोसाध्यक्षमा टीका शाही ५६७ मतले विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी टेक सोडार्ले ५३५ मत प्राप्त गर्नुभएको छ। भने सदस्य हरुको मतगणना भैरहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
