घटना

परीक्षा दिन काठमाडौं आएका सुलभ सँधैका लागि अस्ताए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । काठमाडौंमा भएको जेनजी आन्दोलनमा नेपालगञ्ज उपमहानगरपालिका–१ का युवा सुलभराज श्रेष्ठले सहादत प्राप्त गरेका छन् । उनी नरेन्द्र श्रेष्ठ र बिनिता खड्काका एक्ला छोरा थिए ।

काठमाडौंमा इन्जिनियर पढिरहेका सुलभ केही साताअघि घरबाट परीक्षा दिन काठमाडौं गएका थिए । तर सोमबार उनको दुखद निधन भएपछि परिवारमा बज्रपात परेको छ । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।

बिज्ञापन

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ पढ्दै थिए सुलभ । उनका बुवा नरेन्द्र नेपालगञ्जमा भेरी बोर्डिङ स्कुलका सञ्चालक हुन् । बुवाआमाको आशा, परिवारको गर्व र साथीहरूको आदर्श थिए सुलभ ।

छोराको खबर सुनेर आमा विनिता अहिलेसम्म बेहोस छिन् । बुवा भने छोराको शव बुझ्न काठमाडौं हिँडेका छन् । घरमा आफन्त र छिमेकीहरूको भिड लागेको छ । सुलभ पढाइमा निकै जेहेन्दार र मिहेनती थिए । उनी भिन्न सपना बोकेको युवा भएको छिमेकीसमेत रहेका वडाध्यक्ष प्रमोद रिजालले नेपाल प्रेसलाई बताए ।

‘यस्तो पीडा कसैले कल्पना पनि गरेको हुँदैन, अहिले नेपालगञ्जको धम्बोझी बस्ती शोकमा डुबेको छ’, उनले भने ।

रिजालका अनुसार नरेन्द्र नेपालगञ्जबाट हवाइमार्ग हुँदै साँझ ६ बजे काठमाडौं प्रस्थान गरेका हुन् । उनी भन्छन्, ‘सुलभ हाम्रो वडाको मात्र होइन, भविष्यको अभियन्ता थिए । आज हाम्रो गाउँको उज्यालो हरायो ।’

सुलभ खेलप्रेमी थिए । कलेज नभएको समयमा उनी यहाँ आएर शिक्षणसमेत गर्ने गर्दथे । श्रेष्ठ परिवारलाई नजिकबाट चिनेका पत्रकार झलक गैरेका अनुसार उनी अमेरिका जाने अन्तिम तयारीमा थिए ।

‘इन्जिनियरिङको परीक्षा सकाएर अमेरिका जाने तयारीमा थिए, उता जागिरसमेत कन्फर्म भएको थियो,’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।