‘हा हु’को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँ : केपी ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘हा हु’को सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताएका छन्।
जेन–जी आन्दोलनपछि ‘विस्थापित’ नेताहरु विदेश भाग्न सक्ने चर्चाबिच शनिबार भक्तपुरको गुन्डुमा कडा सुरक्षामा आयोजित पार्टीको कार्यक्रममा ओलीले यस्तो स्पष्टीकरण दिएका हुन्।

एमालेले नै देश बनाउने दाबी गर्दै उनले देशलाई फेरि संवैधानिक र लोकतान्त्रिक धारमा ल्याउन एमाले नै चाहिने बताए। ओलीले भने, ‘अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ पासपोर्ट रोक्ने ! के ठानेको छ– यो हा हुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ? हामीले यो देश बनाउनुपर्ने छ।’
कर्मचारी र प्रहरीलाई आफूले दिएका निर्देशनहरु सरकारी अभिलेखमा रहेका उल्लेख गर्दै ओलीले ति सबै सार्वजनिक गर्न सरकारलाई चेतावनी दिए। एमाले पारदर्शी ढंगले अघि बढ्ने दाबी गर्दै उनले भने, ‘कर्मचारीलाई दिएका निर्देशनहरु रेकर्डेड छन्। प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छन्, ति बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र, छलछाम गर्दैनौँ। हामी पारदर्शी ढंगले अगाडी बढ्छौँ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
