घटना

कर्णाली नदीमा हाम फालेका दुई जना बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिका–४ सलीसल्लामा शनिवार कर्णाली नदीमा हाम फालेका दुई जना युवक र महिला बेपत्ता छन् ।

शनिवार फेसबुकमा स्टाटस लेख्दै उनीहरूले आत्महत्या गर्ने संकेत गरेको अनुमान गरिएको छ।

बिज्ञापन

प्रहरीका अनुसार  सोही वडाका ३० वर्षीय विवाहित हंस बुढाथोकी र १९ वर्षीया अविवाहित कर्मा बोहराले सँगै नदीमा हाम फालेका हुन् । स्थानीयले दुवैबीच प्रेम सम्बन्ध रहेको बताएका छन् ।

मेल्छाम पिप्पलाङ अस्थायी प्रहरी चौकी बालुकुना, प्रहरी चौकी श्रीनगर र सर्किदेउ सर्केगार्डबाट खटिएकाे प्रहरीले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुढाथोकी गाउँपालिकामा करार सेवामा कार्यरत थिए भने बोहरा उक्त पालिकामा नै कृषि अध्ययनरत रहेकी उनी ओजेटी गर्दै आएकी जनाइएको छ ।

घटनाअघि शुक्रवार राति बुढाथोकीले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तिम सन्देश लेख्दै सम्बन्धलाई लिएर विभिन्न गुनासो गरेका थिए ।

यसबीच स्थानीयबासीले पनि सलीसल्ला क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।