घटना

गाउँपालिकाका अध्यक्षमाथि हतियारधारीको आक्रमण, अध्यक्षसहित दुई जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी हतियारधारी समूहले आक्रमण गरेको छ।

गाउँपालिका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार दसैँ मनाउन सुर्खेततर्फ आउँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ थलह बजार र मनघाटबीचको सडकखण्डमा आक्रमण भएको हो।

बिज्ञापन

मोटरसाइकलमा सवार अध्यक्ष बस्नेत र उनका साथमा रहेका अन्य व्यक्तिलाई तीन\चार जनाको समूहले खुकुरीसहित आक्रमण गरेको उपाध्यक्ष सिंहले बताइन्।

प्रहरीले घटनामा अध्यक्षसहित दुई जना घाइते भएको पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माका अनुसार अपरिचित समूहले खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी आएको छ।

प्रहरीका अनुसार दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीहरू हाल फरार छन्। घाइतेहरूको उपचारका लागि सुर्खेततर्फ ल्याइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।