राष्ट्रिय समाचार

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरकेो छ ।

आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको हकमा उक्त निर्णय गरेको हो ।

बिज्ञापन

आयोगको आज बसेको बैठकले छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल उनीहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।