सुदूरपश्चिम प्रदेश

जानकी गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार : वडाध्यक्षसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्लाको जानकी गाउँपालिका– ९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा  भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका– ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सोही वडामा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा भत्ता वितरण गरिएको, एउटै नागरिकताको आधारमा दोहोरो लाभग्राही बनाई रकम निकासा गरिएको, नवीकरण नभएका लाभग्राहीहरूको समेत रकम निकालिएकोजस्ता अनियमितता देखिएको छ। आरोपपत्रअनुसार, कुल ६८३ जना लाभग्राहीको नाममा रकम वितरण गरिएकोमा प्रतिवादीहरूले आफैँ औँठाछाप लगाई प्रमाणितसमेत गरेका थिए। यस अनियमितताबाट रु. ७३ लाख ३७ हजार ६ सय २७ रुपैयाँ सरकारी कोषलाई हानि पुर्‍याइएको आयोगको दाबी छ।

बिज्ञापन

आयोगले भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारबाहीको माग गर्दै दोषीहरूमाथि बिगो असुलउपरको माग गरेको छ।  साथै  दफा १९ को उपदफा २ र दफा ११ बमोजिम जरिवाना सजायसमेत हुनुपर्ने मागदाबी गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।