दुर्घटनामा कृषि कार्यालयका प्रमुखको मृत्यु
लोक कल्याणकारी विज्ञापन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख माधवप्रसाद लम्सालको दुर्घटनामा मृत्यु भएको छ । लम्साल आफैँले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीखेत–सतौँ भित्री पक्की सडकअन्तर्गतको पुतलीबजार नगरपालिका–१४, आम्बोटमा दुर्घटना हुँदा शुक्रबार उनको मृत्यु भएको हो।
लोक कल्याणकारी विज्ञापन

मोटरसाइकल अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सतौँबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

