रुकुम पश्चिममा जिप दुर्घटना : सातजनाको मृत्यु

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका- ७, झारमारेमा जिप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले दुर्घटनामा परेर ७ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन् भने १० घाइते भएका छन् ।
मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
