अनेरास्ववियुका अध्यक्ष पाँच महिनामै पदमुक्त

नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु)को नेतृत्व पाँच महिनामै फेरिएको छ । अध्यक्ष सुजन कडरिया पदमुक्त गरी महासचिव रहेका दीपक धामीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
जेनजी आन्दोलनको समयमा बिद्यार्थीमाथि गोली हानेको घटनाको विरोधमा उनले अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए। पछि माफी माग्दै पदमा फर्किने प्रयास गरिएकोमा उनलाई पदमुक्त गरिएको हो ।

सोमबार बसेको पदाधिकारी बैठकले उनलाई हटाएर महासचिव रहेका दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको हो ।
कडरियाले भने आफूले दिएको राजीनामा स्वीकृत भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु।यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ।’
गत जेठ अन्तिममा भएको महाधिवेशनमा प्रतिस्पर्धीलाई ७ मतले हराएर कडरिया निर्वाचित भएका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
