यो सरकारले चुनाव गराउँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउन नसक्ने बताएका छन् । वतर्मान सरकार संविधानसम्मत गठन नभएकाले चुनाव गराउन नसक्ने उनको भनाई छ ।
एमालेले भृकुटीमण्डमा आयोजना गरेको वृहत्त आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारलाई चुनाव गराउने प्राधिकार पनि नभएको बताए । संसद पुनस्र्थापनाबाट सर्बदलीय सहमतिमार्फत जेनजीको माग पूरा गरेर मुलुकलाई संवैधानिक बाटोमा हिँडाउनुपर्नेमा ओलीले जोड दिए ।

ओलीले आग्रह, पूर्वाग्रह र प्रतिशोध त्यागेर चुनाव हुन्छ भन्ने भावनामा बहकिएर राजनीतिक दलहरुलाई अन्तरिम सरकारको पछि जन्ती जसरी नकुद्न पनि ध्यानाकर्षण गराए। ‘आग्रह, पूर्वाग्रह अनि प्रतिशोध साँधेर लोकतन्त्र गएकोमा ताली नपिट्नुस्, राजनीतिक यर्थाथ धरातलमा टेकेर अघि बढ्नुस्’ ओलीले भने,‘कोही पनि दल भावनामा नबग्नुस्, चुनाव हुन्छ भनेर असंवैधानिक सरकारको पछिपछि बिहेमा जन्ती जसरी नकुद्नुस ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
