राष्ट्रिय निर्वाचन

चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई घोषणा भएको चुनावपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्। निर्वाचन आयोगकाअनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

जसमा पुरूष चार लाख ७३ हजार तीन सय ४५ र महिला ३ लाख ६३ हजार ७ सय ७८ रहेका छन्। अन्य ६१ रहेका छन्।आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार नाै सय १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार एक सय ८० मतदाता थपिएको आयोगले जनाएको छ। 

लोक कल्याणकारी विज्ञापन

यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार दुई सय ३० मतदाता थिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन