सुदूरपश्चिम प्रदेश

लम्कीचुहामा मुख्यमन्त्री शाहद्वारा सिटी हलको शिलान्यास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा । कैलालीको लम्कीचुहा नगरपालिका–४ मा बन्ने सिटी हल, सङ्ग्रहालय लगायत अन्य संरचनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभएको छ।

बुधबार एक कार्यक्रमका बिच उहाँले सिटी हल, सङ्ग्रहालयको शिलान्यास गर्नुभएको हो। प्रदेश सरकारको लगानीमा बनिरहेको सिटी हल लगायतको संरचना निर्माणका लागि १३ करोड १९ लाखमा काठमाडौँको गोरखनाथ–पूर्वपश्चिम–निधि जेभीले ठेक्का पाएको छ। 

बिज्ञापन

सिटी हल निर्माणले सभा, सेमिनार, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्न सहज हुने जनाइएको छ। शिलान्यास समारोहमा मुख्यमन्त्री शाहले विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभयो। सन्तुुलित बजेट निर्माणप्रति आफू चिन्तित् रहेको उल्लेख गर्दै उहाँले पहाडको विकट जिल्ला बाजुरा र बझाङमा विकासको कामलाई प्राथमिकता दिने बताउनुभयो। 

मुख्यमन्त्री शाहले जनप्रतिनिधिबिच समन्वय र साझा उद्देश्य आवश्यक रहेको औंल्याउँदै सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तह र सरोकारवाला सबै जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।