राजपुरको ‘हमार थारु घर एन्ड रेस्टुरेन्ट’ मा निरज चौधरीको ह,त्या

बर्दिया, २४ मङ्सिर । हमार थारु घर एण्ड रेस्टुरेन्टमा निरज चौधरीको हत्या गरिएको छ । हत्या भएका युवा दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २८ वर्षीय निरज चौधरी हुन् ।
आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका ४ स्थित उक्त रेस्टुरेन्टमा हत्या गरिएको हो ।बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ । घटनापछि उनलाई बाँकेको नेपालगञ्ज स्थित नरसिंह होममा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्या गरिएका चौधैको गालामा दुवैतर्फ गोलीले छेडेको जस्तो खत देखिएको छ । गोली प्रहार भए नभएको यकिन पोस्टमार्टम रिपोर्ट पछि खुल्ने कार्कीले बताए ।
कार्कीका अनुसार हालसम्म घटनामा संलग्न रहेको आशंकामा दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त भने फरार छन् । हमार घर एन्ड रेस्टुरेन्ट का सञ्चालकले नै निरजको हत्या गरेको बताएका छन् । उनी पनि दाङकै रहेको कार्कीले बताएका छन् ।
प्रहरीले रेस्टुरेन्टका कर्मचारीसँग सोधपुछ गर्दा एकजना कर्मचारीले निरज पैसा माग्न आइतबार त्यहाँ गएका थिए । त्यसै क्रममा वादविवाद हुँदा फरार आरोपीले बन्दुक ताक्दा एक्सिडेन्टली गोली चल्न पुगेको भन्ने बयान दिएका छन् । हत्या गरिएका निरजका आमाबुवा रोजगारीको खोजीमा छिमेकी देश भारतमा बस्दै आएको हुँदा हाल उनीहरु नेपाल आइसकेकाले पोस्टमार्टम पछि घटनाको सत्य–तत्य बाहिर आउने प्रहरीले जानकारी दिएको छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
