आस्था /आध्यात्म

कपिलवस्तुको बिठुवामा विशाल सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, १८ मंङ्सिर । कपिलवस्तुको बिठुवामा विशाल सत्संग सम्पन्न भएको छ ।
उक्त अवसरमा महात्मा बृजमोहन जीले भन्नुभयो कि समयको सत्गुरुले ब्रम्हज्ञान दिएर संसारका मानवहरुलाई सुख प्रदान गरिरहेको छ । परमात्माको जानकारी सत्गुरुको शरणमा आएपछि मात्र थाहा हुन्छ कि परमात्मा सबै ठाउँमा व्याप्त छ, कुनै ठाउँमा खाली छैन । गुरुले हामीलाई परमात्माको ज्ञान गराउनु हुन्छ्, परमात्माको दर्शन गराउनु हुन्छ्, परिचय गराउनु हुन्छ् जसबाट हामी भित्र प्रेमको अटुट धारा बग्न थाल्नेछ । अनि हामी सुखीको बाटोतिर अग्रसर हुनेछौं । सत्गुरुको ज्ञानको एक थोपा पनि हाम्रो जीवनमा आउँछ भने जीवनको श्रृंगार बन्न जान्छ, उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो कि गुरुले नै यस नारकीय संसारबाट निकालेर मुक्ति प्रदान गर्नुहुन्छ । गुरु पुजनी हुन्छ, यदि गुरुको पूजा कसैले गरेन भने उसको मनुष्य योनि पाउनु व्यर्थ हुन जान्छ । सत्संगको महिमा निकै महत्वपूर्ण रहेको छ । सत्संगको आधी घडी पनि हामी सत्संगमा बिताउँछौं भने यमराजले पनि हामीसँग हिसाब लिनुमा डराउने छ । जिउँदै हामी जीवनलाई स्वर्ग बनाउन सक्छौँ । आजको मानव प्राणीमा अनेकौं भ्रम–भ्रान्तिहरु रहेका छन्, त्यसैमा उसले आफ्नो जीवनलाई व्यतित गरिरहेको छ । आज समयको सत्गुरु संसारमा आएर मानवहरुलाई ब्रम्हज्ञान प्रदान गरेर जीवनको कल्याण गरिरहेको छ । जब हामी सत्गुरुले प्रदान गरेको ज्ञानको प्रकाशमा हिँड्छौ भने अन्धकारमा रहेको जीवनलाई प्रकाशतिर डो¥याउन सक्छौँ । सत्गुरुले अज्ञानताको अधाँरोमा हिँडिरहेको मान्छेलाई ज्ञानको प्रकाशमा ल्याउने गर्दछ । एकआपसमा मिलेर बस्न सिकाउँछ, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो हामीले जस्तो संगत गर्छौं, त्यस्तै किसिमको हाम्रो बानी व्यहोराको निर्माण हुन्छ । यदि हामी गुणी संगति भएका मान्छेहरुसँग बस्छौँ भने हाम्रो व्यवहार राम्रो हुन्छ यदि गलत मान्छेहरुसँग बस्छौ भने हाम्रो व्यवहार दुष्कर्मतिर अगाडि बढ्छ । सन्तहरुको संगत गर्छौं भने हाम्रो जीवन आनन्दको बाटोमा अग्रसर हुनेछ, जीवनमा खुशियाली आउनेछ, जीवनलाई गति र मुक्ति पाइनेछ । सन्तहरुले जहिले पनि भलाइको, हितको कुरा गर्नेछन् । घरमा सुख–शान्ति कसरी आउँछ, त्यसको कुरा गर्नेछन् । हाम्रो नाता ईश्वर परमात्मासँग जोड्ने काम गर्नेछन् । यो जीवन केही समयको लागि मात्र प्राप्त भएको हो, थाहा छैन कतिखेर स्वाँसले छोड्ने हो । अतः मानव जीवन निकै अनमोल रहेको छ, बारबार पाइँदैन, उहाँले सम्झाउनुभयो ।

अन्तमा उहाँले सन्त निरंकारी मिशनले संसारलाई एक आपसमा मिलेर बस्न प्रेरणा दिइरहेको छ । संसारका मानव प्राणी सबै हाम्रा सदस्य हुन् । उनीहरूसँग माया प्रेम गर्नुपछ, जातिय–छुवाछुतको भ्रममा फस्नु हुँदैन । सम भावको विकास गर्नुपर्छ, उहाँले बताउनुभयो ।

सत्संग कार्यक्रममा शकर, सतिस, दुर्गावती, राजेन्द्र, रामदास, शुशिला, शुकई, झिनक, इन्द्रवती, सुधीराम, द्रोपती, पितम्वर, विन्दमति, राजेन्द्र, अम्बरदास (मुखी, ईटवा), रामू, सुदामा, आरती, बलराम, राजु, कृष्ण प्रसाद, मतई, रमेश, सबिता, राम लाल, बुन्देश्वर, किसलवती आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन फाकिरी जीले संचालन गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।