अनौठो

लसुन-प्याजको झगडाले टुट्यो २२ वर्षे विवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्याज र लसुन खाने विषयमा भएको सानो विवादले दुई दशकभन्दा लामो विवाह सम्बन्ध टुंगिएको छ। भारतको गुजरात राज्यको अहमदाबादमा प्याज र लसुन खाने विषयमा भएको सानो विवादले सन् २००२ मार्चमा भएको विवाह दुई दशकपछि सम्बन्ध विच्छेदमा परिणत भएको हो।

आज तकका अनुसार स्वामीनारायण सम्प्रदायकी अनुयायी पत्नीले धार्मिक कारणले लसुन र प्याज खान र पकाउन नमान्दा पति र सासूसँग घरमा झगडा भयो। त्यसले छुट्टै भान्सा चलाउनुपर्ने अवस्था आयो। महिला बिना लसुन र प्याजको खाना खान्थिन्। तर परिवारका अरू सदस्यहरूलाई लसुन र प्याज चाहिन्थ्यो।

बिज्ञापन

झगडा बढ्दै गएपछि सन् २००७ मा महिलाले आफ्नो छोरालाई लिएर घर छोडिन्। सन् २०१३ मा पतिले अहमदाबाद पारिवारिक अदालतमा क्रूर व्यवहार र परित्यागको आरोप लगाउँदै सम्बन्ध विच्छेदको मुद्दा दायर गरे। उनले पत्नीको ‘कडा अडान’ ले गुजरात राज्य कानुनी सेवा प्राधिकरण र महिला प्रहरी चौकीमा पनि उजुरी दिनुपरेको भनेका छन्। 

सन् २०२४ मे ८ मा अदालतले मुद्दामा सुनुवाइ गर्दै पतिलाई जुलाई सन् २०१३ देखि सन् २०२० सम्म मासिक ८ हजार र त्यसपछि १० हजार भारतीय रुपैयाँ भरणपोषण दिन आदेश दियो। पत्नीले मासिक १५ हजार भारतीय रुपैयाँ कमाउँथिन्। यसबिचमा उनले १८ महिनासम्म भरणपोषण नपाएको गुनासो गरिन्।

उनले तोकिएको भन्दा बढी भरणपोषण माग्दै गुजरात उच्च अदालतमा पुनरावेदन निवेदन दिइन्। तर सन् २०२४ नोभेम्बर २७ मा न्यायाधीशद्वय संगीता विश्वेन र निशा थाकोरको इजलासले महिलाको अपिल खारेज गर्‍यो। पत्नीले अन्ततः ‘अब सम्बन्ध विच्छेदमा कुनै आपत्ति छैन’ भनेपछि मुद्दा टुंगियो। अदालतमा पतिले बाँकी रकम किस्ताबन्दीमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।