आफ्नै छोराको ह*त्या कसुरमा आमा पुर्पक्षका लागि जेल चलान

ओखलढुङ्गा, पुस ७ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको आरोप लागेको छ । घटनासम्बन्धी अनुसन्धानका क्रममा उनलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो ।

अनुसन्धान सम्पन्न भएपछि आइतबार ओखलढुङ्गा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि शेर्पालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिनुुभयो ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अदालत मार्फत अघि बढाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
