सुनचाँदीको मूल्य हालसम्मकै उच्च
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, पुस ७ गते । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
