मकवानपुरमा आगो ताप्ने क्रममा ज*लेर ५ वर्षीया बालिका घा*इते

मकवानपुरको बकैया गाउँपालिकामा आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक ५ वर्षीया बालिका घाइते भएकी छन्।
घाइते हुनेमा चितवनको राप्ती नगरपालिका–१ लोथर स्थायी घर भई हाल मकवानपुरको बकैया गाउँपालिका–८, शिशिर दमारमा बस्दै आएका दिलबहादुर प्रजाकी ५ वर्षीया छोरी सोनिया प्रजा रहेकी छन्।

सोमबार बिहान करिब ९ बजेको समयमा रमेश फुयालको कुखुरा फार्ममा घटना भएको हो। प्रहरीका अनुसार बालिकाका बुवा–आमा सोही फार्ममा काम गर्दै आएका थिए।
बालिकाकी आमा सानुमाया प्रजा कामको सिलसिलामा बाहिर गएको समयमा बालिका फार्मको कम्पाउन्डभित्र एक्लै आगो तापेर बसिरहेकी थिइन्। सोही क्रममा अचानक उनको कपडामा आगो सल्किँदा छाती र घाँटीमा जलेको प्रहरीले जनाएको छ।
घटनापछि आमा सानुमायाले छोरीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकी थिइन्। दिउँसो १२ बजे अस्पताल ल्याइएको र हाल बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालमा खटिएको प्रहरी टोलीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
