राजनीति

ईश्वर पोखरेलको चेतावनी: पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

८ पुस, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्। तर, निर्णयको पालना भन्दै नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ। “सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,” उनले उल्लेख गरेका छन्।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।