घटना

११ लाख ऋणबाट उन्मुक्ति लिन दुईजनाको ह,त्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुरको महालक्ष्मी नगरपालिका– ८, सेराफाँटमा भएको दुईजनाको हत्याको कारण कृषि फार्म सञ्चालन गर्न लिएको ऋण रहेको खुलेको छ । २४ मंसिरमा सिन्धुलीको गोलान्जोर गाउँपालिका– ५, ताप्केडाँडाका २५ वर्षीय सुनील भनिने केशवराज हायु र त्यसको भोलिपल्ट भोजपुरको अरुण गाउँपालिका– ३ का २१ वर्षीय पारुहाङ राईको हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिन्धुलीकै सुनकोशी गाउँपालिका– ४, कोटगाउँका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ७, चाँगाथली बस्ने ढुंगेल नाताले मृतक हायुका जेठान हुन् । राई भने कृषि फार्म चलाउँथे । ढुंगेलले पनि कृषि फार्म चलाउन भन्दै हायु र राईसँग ११ लाख रुपैयाँ ऋण लिएका थिए । तर, चुक्ता गर्न सकेका थिएनन् । सोही ऋणबाट उन्मुक्ति पाउन उनले दुवैको हत्या गरेको अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले बताए । 

बिज्ञापन

‘ढुंगेलले मृतक हायु र राईसँग कृषि गर्न ११ लाख रुपैयाँ ऋण लिएको देखिन्छ । तर, उनले ऋण तिर्न सकिरहेका थिएनन् । सोही ऋणबाट उन्मुक्ति पाउने उद्देश्यले हायु र राईको हत्या गरेको देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार अधिकारीलाई ढुंगेलले नै हत्यामा सहभागी गराएका थिए । घटनाअघि उनी गाउँमै थिए । हत्या योजना बनाएपछि उनलाई ढुंगेलले नै महालक्ष्मी नगरपालिका– ८, ज्यामिरेकोटमा बोलाएका थिए । यसका लागि ढुंगेलले अधिकारीलाई गाउँमा लागेको दुई लाख ऋण चुक्ता गरिदिने आश्वासन दिएका थिए । यसैमा लोभिएर अधिकारी हत्यामा संलग्न भएको देखिएको प्रवक्ता आचार्यले बताए । 

‘घटनाको मुख्य योजनाकार ढुंगेल नै रहेको देखिन्छ । उनैले गाउँमा रहेका अधिकारीलाई फोन गरेर ललितपुर बोलाएको देखिन्छ । अधिकारीको गाउँमा दुई लाख ऋण रहेको र त्योबराबर रकम दिने प्रलोभनमा ढुंगेलले उनलाई हत्यामा प्रयोग गरेको देखियो,’ उनले भने । 

प्रहरीका अनुसार ज्यामिरेकोटमा हत्या गरिएका हायुको शव गत २ पुसमा सेराफाँटस्थित सानोकान्छा श्रेष्ठको तरकारी बारीमा रहेको इनारमा फेला परेको थियो । त्यस्तै, राईको शव भक्तपुरको देउराली भञ्ज्याङमा झाडीभित्र भेटिएको थियो । उनको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।