राजनीति

राप्रपा र राप्रपा नेपालबिच एकता, लिङ्देन र थापाले गरे हस्ताक्षर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच एकतासम्बन्धी हस्ताक्षर भएको छ।

राप्रपा कार्यालय धुम्बाराहीमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति गरेका छौँ। एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ।’

बिज्ञापन

प्रारम्भिक सहमतिअनुसार दुवै दलबिच राप्रपाको नाम, चुनाव चिह्न र झन्डालाई स्वीकार गर्ने सहमति भएको छ। ‘अध्यक्षहरूबिच लामो समयदेखि वार्ता चलिरहेको थियो र वार्ता टोलीको स्तरमा पनि संवाद हुँदै आएको थियो। आज सैद्धान्तिक सहमति भएको छ। अब एक भएर देशको आवश्यकता पूरा गर्न अघि बढ्छौँ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने।

राप्रपा नेपालले निसर्त पार्टी एकतामा सहमति जनाएको छ। २०७८ सालमा आयोजित पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए। जेन-जी आन्दोलनपछि उनीहरूबिच एकताका लागि सघन संवाद हुँदै आएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।