रास्वपाको समानुपातिक सूचीमा को-को परे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ ।
बालेन हुँदै अन्तिममा कुलमानलाई भित्र्याएको रास्वपाले सीट बाँड्फाँटमा सबैलाई समेट्दै राति अबेर बन्दसूची पेश गरेको हो ।

रास्वपाले आफ्ना नेताको आन्तरिक रूपमा प्राइमरि -इलेक्सनबाट प्राप्त मतको आधारमा उम्मेदवार छानेको छ । त्यस्तै बालेन र कुलमानको उज्यालो नेपाल पार्टसँग सहमतिअनुसार नाम मागेर कुल ११० जनाको नाम बुझाइएको छ ।
रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म छन् । यस्तै कलाकार रिमा विश्वकर्मादेखि डा.रामजी राम, अधिकारकर्मी मोहना अन्सारी पनि समेटिएका छन् ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.