सुदूरपश्चिम प्रदेश

माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ। विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार, उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबाद बाट एक–एक जना गरी ६ जना रहेका छन्। यसैगरी भारतको दिल्ली र गाजियाबाट दुई–दुई जना गरी ४ जनाको उद्धार गरिएको संयोजक भट्टले बताइन।

बिज्ञापन

भारतका फरक–फरक क्षेत्रमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उनीहरूको उद्धार गरिएको उनले बताइन। उद्धार भएकामध्ये ८ जना बालिका र २ महिला रहेका छन्।

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा विभिन्न स्थानबाट भारत लग्दै गरेको अवस्थामा २ सय ९ जनालाई रोकथाम गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।