राजनीति

एक महिनामै पार्टी फेरेकी एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पत्रकार ऋषी धमलाकी पत्नी तथा मोडेल एलिजा गौतमलाई आम जनता पार्टीले समानुपातिकमा उम्मेदवार बनाएको छ । उनी खस आर्य महिलाको क्लस्टरमा पहिलो नम्बरमा परेकी छन् ।

गौतम यसअघि जनादेश पार्टीमा थिइन् । उपाध्यक्ष बनाउने भने पनि नबनाएपछि एक महिनामै सो पार्टी छोडेर उनी आजपामा भित्रिएकी हुन् । आजपामा उनी उपाध्यक्ष छिन् । आजपाले यसअघि एलिजाले छोडेको जनादेश पार्टीसँग चुनावी सहकार्य गरेको छ ।

बिज्ञापन

आजपाले आफ्नो समानुपातिक बन्दसुचीमा जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतलाई समेटेको छ ।

सहकारी एवं लघुवित पीडितलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित पीडित संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडित संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी सहितका रहेका छन् ।

यसैगरी, मुस्लिम तर्फबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर), फरहत बानुलगायतका रहेका छन् ।

आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी सहित सहकारी पीडित, लघुवित पीडित संघर्ष समिति लगायतकाले आजपाको मोवाइल चुनाव चिन्हबाट २१ फागुनको निर्वाचनमा संयुक्तरुपमा सहभागि हुदैछन् । बन्दसूचीमा आजपाले १ सय १० जनाकै नामावली बुझाएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।