अर्थ

पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

लोक कल्याणकारी विज्ञापन

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

लोक कल्याणकारी विज्ञापन

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँले घटाइएको छ।

बिज्ञापन

घटेको मूल्य बिहीबार बिहान ००:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।

त्यस्तै, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटेको छ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको थियो।

तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राख्ने निर्णय गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन