स्वास्थ्य

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो। तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ। सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन्। यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ।

एक ३४ वर्षीया महिलाको दुईपटक गर्भपतन भइसकेको थियो। यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा हुनुहुन्थ्यो। ‘अहिले त जसरी पनि बच्चा हुनैपर्छ’ भन्ने सोचले उनलाई निरन्तर सताइरहेको थियो। उमेर ढल्किँदै गएको, करिअरमा ढिलाइ हुने डर र गर्भावस्थापछि जागिर के हुन्छ भन्ने चिन्ताले उनमा एन्जाइटी बढायो। अहिले उहाँ परामर्शपश्चात् सामान्य अवस्थामा फर्किएकी छन्। 

साथै अर्की २९ वर्षे महिलाको समस्या पनि उस्तै छ। उनले बच्चा जन्माइसकेपछि डिप्रेसनको सामना गर्नुपर्‍यो। आर्थिक अभाव, श्रीमान्को अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाहका कारण परिवारबाट अस्वीकृतिले उनको मानसिक अवस्था झन् कमजोर बनायो। पोस्टपार्टम अवधिमा उनलाई पटकपटक आत्महत्याका विचार आउन थाले। उपचार नपाएको भए अवस्था अझ खतरनाक हुन सक्थ्यो। अन्ततः उनमा एन्टी–डिप्रेसनको समस्या देखियो। 

बिज्ञापन

२३ वर्षीया सुत्केरीमा भने फरक केही समस्या देखियो। बच्चाको हेरचाह गर्न मन नलाग्ने, कहिलेकाहीँ बच्चालाई क्षति पुर्‍याउने सोचसमेत आउने गरेको थियो। श्रीमान्ले ‘बच्चा नहेरेको’ भन्दै कुटपिटसमेत गर्थे। वैवाहिक सम्बन्ध नै धरमराउँदै गएको थियो। पोस्टपार्टम डिप्रेसनको अवस्थालाई श्रीमान्ले नबुझ्दा हिंसा थपिएको थियो। अहिले भने उनलाई औषधी र परामर्शले क्रमशः सुधार भइरहेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।