प्रहरी भन्दै लुटपाट मच्चाउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । प्रहरी भन्दै लुटपाट गर्ने व्यक्ति लागु औषध तथा सुनको सिक्रीसहित पक्राउ परेका छन् ।
लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा काभ्रेपलान्चोक, पनौती नगरपालिका ५ घर भइ हाल काठमाडौं– ९ बस्ने ३३ वर्षीय आकाश भन्ने बिक्रान्त केसी रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

उनलाई प्रहरीले गत पुस २५ गते काठमाडौं महानगरपालिका– ८ शम्भुमार्ग नजिक प्रहरी हुँ भन्दै केही व्यक्तिहरुलाई ठगी गर्दै हिँडेको अवस्थामा पक्राउ गरेको हो ।
बिज्ञापन

उनको डेरा कोठा खानतलासी गर्दा फेला परेको लागु औषध निटापाम लेखिएको २२ पत्ता, सुनको सिक्री थान १ र सुनको मुन्द्रा १ जोरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टाईले बताए ।
उनीविरुद्ध प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

