राष्ट्रिय निर्वाचन

महावीर पुनले गरेनन् मतदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदान गरेनन् ।

चुनावी प्रचारका क्रममा ‘मैले आजसम्म कसैलाई भोट हालेको छैन, यसपटक पहिलोपटक हाल्दै छु’ भनी सार्वजनिक घोषणा गरेका पुनले अन्ततः आफ्नै लागि समेत मत खसालेनन्।

बिज्ञापन

चितवनको राप्ती नगरपालिका–८, खुरखुरेका स्थायी बासिन्दा रहेका पुनको मतदाता नामावली सोही ठाउँको ब्रजहठी आधारभूत विद्यालयको केन्द्रमा रहेको छ । ‘मतदानका लागि चितवन पुग्नुपर्थ्यो,’ उनका सहयोगी चित्र तिलिजाले भने, ‘उहाँ मतदानका लागि चितवन जानुभएन ।’

७१ वर्ष उमेर पुगेका पुनले मन्त्री भइसकेपछि मात्र मतदाता नामावलीमा नाम लेखाएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।