अवर्गीकृतराष्ट्रिय निर्वाचन

टीकापुरमा १०१ वर्षकी चम्पादेवी रावलले गरिन मतदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ फागुन । टीकापुरमा १०१ वर्षीया चम्पादेवी रावलले मतदान गर्नुभएको छ ।

टीकापुर नगरपालिका–२, सीतापुर निवासी सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलकी आमा चम्पादेवी रावलले १०१ वर्षको उमेरमा मतदान गर्नुभएको छ ।

बिज्ञापन

उहाँ गत तीन दिनदेखि टीकापुर अस्पतालको आईसीयू बेडमा भर्ना हुनुहुन्थ्यो । यस्तो अवस्थामा पनि मतदान गर्नु उहाँको देशप्रतिको लगाव र मायाको भावना झल्काउने कार्य देखिन्छ ।

आफ्नो स्वास्थ्य अवस्थाको प्रवाह नगरी उहाँ सीतापुरस्थित जनजागृति स्कूलमा रहेको मतदान केन्द्रमा अस्पतालबाट एम्बुलेन्समार्फत पुगेर दिउँसो करिब २ः३० बजे मतदान गर्नुभएको थियो ।

हाल उहाँ केही सन्चो भइ सीतापुरस्थित आफ्नै घरमा आराम गरिरहनु भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।